मेडभेडेभले पहिलो पटक जिते युएस ओपनको ग्रान्डस्लाम उपाधि


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

डानियल मेडभेडेभले पहिलो पटक युएस ओपन टेनिसको ग्रान्डस्लाम उपाधि जितेका छन्।

विश्व नम्बर एक नोभाक जोकोविचको क्यालेण्डर ग्राण्डसलामको सपना तोड्दै २५ वर्षका रुसी खेलाडी मेडभेडेभले पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन्।

दोस्रो वरीयताका मेडभेडेभले यसअघिका २ ग्राण्डस्लाम फाइनलमा जित्न सकेका थिएनन्।

युएस ओपनमा भने मेडभेडेभले जोकोविचलाई ६–४, ६–४ र ६–४ को सेटमा पराजित गरेका हुन्।

जोकोविचले यो वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन टेनिसको उपाधि जितेका थिए। ३४ वर्षका जोकोविच पुरुषतर्फ कीर्तिमान २१ औँ ग्राण्डसलामको खोजीमा पनि थिए। जित निकालेको भए उनी पुरुष तर्फको सर्वाधिक ग्राण्डसलाममा रोजर फेडेरर र राफायल नाडाल भन्दामाथि जाने थिए। यस संस्करणको युएस ओपन पनि जितेर यो वर्षका सबै प्रमुख उपाधि जित्ने चाहना राखेका जाकोभिचका लागि मेडभेडेभ बाधक बने।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।