कुश्मा नगरपालिकाभित्रका स्कुलहरु असोज १ देखि खुल्दै


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पर्वतको कुश्मा नगरपालिकाले असोज १ गतेबाट भौतिक उपस्थितिमा नै विद्यालय संचालन गर्ने भएको छ।

कोरोना संक्रमण कम हुँदै गएपछि भौतिक उपस्थितिमै नगरपालिकाभित्रका विद्यालयहरु खुल्ने भएको हो।

नगरपालिकाका प्रमुख रामचन्द्र जोशीसहित आइतबार बसेको सरोकारवालाको बैठकमा भौतिक रूपमा नै विद्यालय खोल्ने निर्णय गरिएको हो।

अहिले संक्रमण निकै कम रहेको र खोप लगाउने क्रम पनि चलिरहेकाले स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड पूर्ण पालना गरेर विद्यालय संचालन हुनेछन्।

अभिभावकले समेत अब स्कुल भौतिक रूपमै संचालन गर्न माग गर्दै आएका थिए। पर्वतमा यसअगाडी नै मोदी गाउँपालिकाले पालिकाका सबै विद्यालय भौतिक रूपमा संचालन गर्न निर्देशन दिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।