बंगलादेशमा १८ महिनापछि विद्यालय खुल्यो


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

बंगलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् ।

लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आइतबारदेखि विद्यालय खुलेका हुन्।

राजधानीको एक विद्यालयमा आइतबार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो। विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्यार्थीको तापक्रम नापिरहेको देखिन्थ्यो। आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरूलाई कक्षाकोठामा प्रवेश गराइएको थियो।

लामो समयपछि विद्यालयमा भेट हुँदा विद्यार्थीहरू अङ्कमाल गर्दै खुशी साटासाट गर्दै गरेका भेटिन्थे। कोरोना भाइरसको संक्रमणले गर्दा दक्षिण एशियामा विद्यालय बन्द छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।