आइसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई ५ विकेटले हरायो।
अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो।
नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए। त्यस्तै, रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए।
बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले २/२ विकेट लिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनायो।
अमेरिकाका लागि मोनान्क पटेलले शतकीय पारी खेले। १ सय १४ बल खेलेका पटेलले एक छक्का र ९ चौकाको मद्दतमा एक सय रन बनाएर आउट भए।
बलिङतर्फ नेपालका विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले २/२ विकेट लिए। यस्तै, कुशल मल्लले १ विकेट लिए।
लिगमा नेपाल पाँच खेलमा ६ अंक जोडर नेपाल छैटौँ स्थानमा छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ।
नेपालले दोस्रो खेलमा आज (मंगलवार) ओमानसँग खेल्दैछ। यस्तै, नेपालले तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने चौथो खेलमा आइतवार ओमानसँग खेल्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको…





