गण्डकीमा असार यता बाढीपहिरोमा परि ३३ जनाको मृत्यू, ४४ घाईते, २ अझै बेपत्ता: मुख्यमन्त्री


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०७८ मा प्रकाशित



पोखरा । गण्डकी प्रदेशमा असार यता प्राकृतिक प्रकोपका कारण ३३ जनाले ज्यान गुमाएका छन् । प्राकृतिक प्रकोपहरु बाढी, पहिरोलगायतका कारण असार यता गण्डकी प्रदेशमा ३३ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश सरकारले जनाएको छ । सोहि अवधीमा बाढी पहिरोका कारण घर भत्किदा ४४ जना घाईते भएका छन् भने २ जना अझै बेपत्ता रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै जानकारी गराएका हुन् ।

मुख्यमन्त्री पोखरेलले असार यता मात्र बाढी पहिरोले ५०२ वटा घर बगाएर पूर्ण क्षेति भएको बताए । उनका अनुसार बाढी, पहिरोले ५ वटा सरकारी कार्यालय, ७ वटा विद्यालय, ६ वटा सामुदायिक भवन र २५ वटा हाइड्रो पावरमा क्षेति पु¥याएको छ । यहि अवधीमा १७६ वटा सडकमा क्षेति पु¥याएको छ भने ३६ वटा सडक पुल बगाएको छ । सडकमा पुगेको क्षेति र पुल भत्किदा सो सडक खण्डमा यातायात अबरुद्ध भएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले असार यता बाढी पहिरोका कारण बिपदमा परेका ७३१ घर परिवारका ३ हजार ७ सय ७० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनका अनुसार प्रदेश सरकारले बिपदमा परेका १ हजार २ सय ५ घरधुरीका ४ हजार ७ सय ६२ जनालाई ७९ लाख ६१ हजार ८ सय ९३ रुपैयाँ बराबरको जिन्सी सामान तथा ४१ लाख ८५ हजार नगदसहित कुल १ करोड २१ लाख ४६ हजार ९ सय २१ रुपैयाँ राहत स्वरुप प्रदान गरेको छ ।

मुख्यमन्त्री पोखरेलले बिपद ब्यबस्थापन गर्नु संघ, प्रदेश र स्थानिय तीन वटै सरकारको जिम्मेवारी भएकाले बिपदबाट निधन भएका परिवारलाई संघ सरकारले २÷२ लाख र प्रदेश सरकारले ५०÷५० हजार प्रदान गरेको बताए । त्यस्तै बेपत्ता परिवारलाई प्रदेशले १५ हजारका दरले राहत उपलब्ध गराएको बताउँदै उनले घरबार विहीन भएको परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रदेशले २५ हजारका दरले राहत प्रदान गरेको उल्लेख गरे । उनका अनुसार प्राकृतिक विपत्तीमा परि घाईते भएकालाई प्रति व्यक्ति ५० हजारका दरले उपचार खर्च प्रदेश सरकारले दिएको छ । साथै बाढी पहिरोका कारण घरमा पूर्ण क्षेति भएका घर परिवारलाई १÷१ लाख प्रदान गरिएको मुख्यमन्त्री पोखरेलले जानकारी गराए । तर हिमाली जिल्ला मनाङ र मुस्ताङका घरमा पूर्ण क्षेति भएकालाई एक लाख थप गरि २÷२ लाखका दरले क्षेतिपूर्ति दिइएको उनले बताए ।

बजेट नकाट्ने विपक्षीलाई आस्वासन

मुख्यमन्त्री पोखरेलले अघिल्ला सरकारले अघि सारेका योजनालाई अगाडि बढाउने आस्वासन दिएका छन् । प्रमुख प्रतिपक्षी एमालेसँगको सहमतिपछि बोलाइएको संसद बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकार अविछिन्न उत्तराधिकारी संस्था भएको भन्दै अघिल्ला सरकारले थालेका कार्यक्रमलाई वर्तमान सरकारले बजेट दिने आस्वासन दिएका हुन् । आफ्नो सरकारले थालेका योजनालाई वर्तमान सरकारले कटौती गरेकोलगायतका विभिन्न माग राखी प्रमुख प्रतिपक्षी एमालेले प्रदेश सभा बैठक अबरुद्ध गर्ने चेतावनी दिएका थियो । जसका कारण सत्तापक्षले प्रदेश सभा बैठक नराखी एमालेसँग सम्वाद अगाडि बढाएको थियो । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको छलफलमा अघिल्लो सरकारले थालेका योजनालाई बजेट दिनेलगायतका सहमति हुनुका साथै मंगलबार बस्ने बैठकमा मुख्यमन्त्रीले सदनलाई सम्बोधन गरेर प्रतिबद्धता जनाउने सहमति भएअनुसार नै मुख्यमन्त्री पोखरेलले आस्वासन दिएको श्रोतले बताएको छ ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बजेटको सिमितताका कारण काटिएका सार्वसालिक कार्यक्रम अन्तर्गतका महत्वपूर्ण योजनालाई संघ सरकारबाट श्रोत सुनिश्चित हुने वित्तिकै कार्यान्वयनमा लैजाने बताए । उनले टेण्डर भइसकेका योजना, क्रमागत रहेका आधारभुत र एक घर एक धाराका छुटेका कार्यक्रम कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । साथै उनले डिपीआर भइसकेका सडक, पुल, झोलुङ्गे पुललगायतलाई प्राथमिकीकरण गरेर बनाउँदै जाने उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।