एकाविहानै ट्रक र बस आपसमा ठोक्किदा ३ को मृत्यू, २४ घाईते


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०७८ मा प्रकाशित



प्रतिकात्मक तस्बीर

नवलपुर (नवलपरासी पूर्व)मा एकाविहानै बस र ट्रक ठोक्किदा ३ जनाको ज्यान गएको छ । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर १० स्मृति पुल नजिकै बस र ट्रक ठोक्किदा उनीहरुको ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सु.प.०२–००१ ख्. ११२३ नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको ना.६ख.७१२६ नम्बरको ट्रक आपसमा ठक्कर खाई बस सडकबाट अन्दाजी १० फिट तल खसेर दुर्घटनाग्रस्त हुँदा अन्य २४ जना घाईते भएका छन् ।

घाईते मध्ये ३ जनाको अवस्था गम्भीर, १६ जनाको मध्यम र अन्य ५ जनाको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

घटनामा मृत्यू हुनेहरुमा बर्दिया जिल्ला बाँसबारी नगरपालिका वडा नम्बर ८ का ७० वर्षिया योगमाया सुवेदी, कञ्चनपुर जिल्लाका ४० वर्षिया रंगी तिरुवा र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने ३५ वर्षिय कृष्ण राना रहेको प्रहरीले बताउको छ ।

घाईतेहरुको उपचार भइरहेको प्रहरीको बुलेटिनमा उल्लेख छ । घटनाबारे थप अनुसन्धान भइरहेकोपनि जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।