आइसीसीको एकदिवसीय वरीयतामा नेपाल एक स्थानमाथि उक्लियो


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०७८ मा प्रकाशित



फाइल तस्बीर

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को विश्व वरीयतामा नेपाल एक स्थानमाथि उक्लेको छ।

आइसीसीले मंगलबार जारी गरेको अन्तर्राष्ट्रिय एकदिवसीयको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा उक्लेको हो।
यसअघि, अन्तर्राष्ट्रिय एकदिवसीयको नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा थियो।

न्युजिल्याण्ड भने पहिलो वरीयतामा यथावत छ। दोस्रोमा इंग्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया, चौथोमा भारत, पाँचौंमा दक्षिण अफ्रिका र छैठौंमा पाकिस्तान छ।

नयाँ वरीयतामा बंगलादेश सातौं, वेष्टइन्डिज आठौं, श्रीलङ्का ९ औं र अफगानिस्तान १० औं स्थानमा छ। नेदरल्याण्ड्स ११ औं, आयरल्याण्ड १२ औं, जिम्बाबवे १३ औं र स्कटल्याण्ड १४ औं स्थानमा छ।

नेपालले ओमानलाई उछिनेर एक स्थान माथि उक्लेको हो। विश्वकप क्रिकेट लिग–२ मा नेपालले उत्कृष्ट प्रदर्शन गरे आइसीसीको वरीयतामा अझै माथि उक्लिने संभावना छ। नेपालभन्दा माथि रहेको स्कटल्याण्डको ३७ रेटिङ्स छ। स्कटल्याण्डभन्दा नेपालको अंक बढी छ।

नेपालको अंक २८८ र स्कटल्याण्डको २५८ छ। नयाँ वरीयतामा यूएई १७ औं र नामिबिया १८ औं तथा अमेरिका १९ र पपूवा न्यूगिनी २० औं स्थानमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।