राप्रपा कास्कीको अध्यक्षमा नारायण गुरुङ


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०७८ मा प्रकाशित



पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको जिल्ला अधिवेशन अधिवेशनले नारायण गुरुङलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख सांसद राजेन्द्र लिङदेलले राप्रपाको एजेण्डा राम्रा हुँदाहुँदै पनि हाम्रा नेताहरुले एजेण्डालाई स्थापित गर्न नसक्दा हामी सधै तल परिरहेको बताउँदै ठूला भनाउँदा दलहरुका कुनै एजेण्डा नभएको हुँदा हाम्रो एजेण्डालाई स्थापित गर्न सम्पूर्ण कार्यकर्ता पंक्तिलाई आग्रह गरे ।

त्यसैगरी विशेष अतिथि नेपालगंजका मेयर डा. धवल शमशेर राणाले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र नेपालको लागि अपरिहार्य भएको बताउँदै देशले वैकल्पिक शक्ति खोजेको छ त्यो शक्ति राप्रपा बाहेक अरु हुनै नसक्ने ठोकुवा गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय कोषाध्यक्ष चन्द्र बहादुर गुरुङ, बरिष्ठ नेता जगत गौचन, प्रदेश अध्यक्ष हेमजंग गुरुङ लगायतले आ–आफ्नो भनाई राखेका थिए । अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य, नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

अध्यक्ष डा. महेन्द्र बहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन सचिव हरि प्रसाद बरालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।