विकासका लागि एमाले नै चाहिन्छ : अध्यक्ष ओली


     रासस     
     भाद्र ३० गते २०७८ मा प्रकाशित



पोखरा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तिब्रगतिमा अगाडि बढेको दाबी गरेका छन् ।

नेकपा (एमाले) रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने दाबी गरे ।

अध्यक्ष ओलीले भने, “देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा सिद्धबाबाको सुरुङमार्ग, भैरहवा एयरपोर्ट र लुम्बिनीलगायत विकासका पूर्वाधार हेरे पुग्छ ।” उनले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उनले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर पार्टीका काममा खट्न कार्यकर्तालाई निर्देशन दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।