बुधबार गण्डकीका ९२ जना सङ्क्रमणमुक्त


     रासस     
     भाद्र ३० गते २०७८ मा प्रकाशित



पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १२५ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्ला २४ घण्टामा तनहुँको भिमाद नगरपालिका–८ का ५३ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका–१ का ८४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३३५ जना पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७१२ जना छ भने होम आइसोलेसनमा एक हजार ५१७ जना रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म तीन लाख २४ हजार ३६१ जनाको कोरोना परीक्षण गरिएको छ भने ८३ हजार ९३८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये हालसम्म ८० हजार ८९१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।