प्रधानमन्त्री देउवाबाट भूमि आयोगका अध्यक्षलाई शपथ


     रासस     
     भाद्र ३० गते २०७८ मा प्रकाशित



काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उनलाई शपथ गराएका हुन् ।

सोही कार्यक्रममा अध्यक्ष निरौलाले आयोगका उपाध्यक्ष मीनेन्द्र खड्कालाई पद तथा गोपनीयताको शपथ गराएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिए ।

शपथपछि प्रधानमन्त्री देउवाले भूमिसम्बन्धी समस्या लिपीबद्ध तथा व्यवस्थित गरेर दत्तचित्तका साथ समाधान गर्ने अपेक्षासहित आयोगका पदाधिकारीलाई बधाई दिएका थिए ।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गर्ने निर्णय गर्दै अध्यक्षमा निरौला र उपाध्यक्षमा खड्कालाई नियुक्त गर्ने निर्णयसमेत गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।