सहारा क्लव पोखराको अध्यक्षमा हरीराम गुरुङ


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०७८ मा प्रकाशित



पोखरा । सहारा क्लव पोखरोको अध्यक्षमा हरीराम गुरुङ चयन भएका छन् । क्लवको २३ औं वार्षिकोत्सव तथा १२ औं अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लवको उपाध्यक्षमा केशवराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा नवराज अधिकारी, सह–कोषाध्यक्षमा विनु राना मगर चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रोजिना गुरुङ, ज्योति केसी, शंकर सुवेदी, अतित गुरुङ, मनमाया तामाङ र मनोज थापा चयन भएको क्लवले जनाएको छ ।

यस अघि क्लवको क्लबको २३ औं वार्षिकोत्सव तथा १२ औं अधिवेशन समारोहमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।