१० असोजबाट क्लब भलिबल च्याम्पियनसीप


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०७८ मा प्रकाशित



प्रतिकात्मक तस्बीर

असोजको १० गतेबाट एनभीए क्लब भलिबल च्याम्पियनसीप हुने भएको छ।

छैठौं संस्करणको महिला र पुरुष क्लबले सहभागिता जनाउने च्याम्पियनसीप गर्न लागेको नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलनमा बताएको हो।

च्याम्पियनसीप असोजको १० देखि १६ सम्म संचालन हुनेछ। च्याम्पियनसीपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

पुरुषतर्फको स्पर्धामा नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, ढोरपाटन स्पोर्टस क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, गल्कोट स्पोर्टस, टिपटप हेल्प नेपाल, मणिमुकुन्द क्लब, मिलन क्लब र नयाँबजार सामाजिक क्लबले प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी, महिलातर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, न्यू डाइमण्ड, ढोरपाटन स्पोर्टस क्लब र एभरेस्ट क्लब बुटवलले प्रतिस्पर्धा गर्नेछ।

यस संस्करणमा पुरस्कार राशी पनि बढाइएको संघले जानकारी दिएको छ। च्याम्पियनले ४ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुनेले १ लाख पुरस्कार राशी प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछन् भने विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १० हजार जित्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।