इपीएलमा पोखरा राइनोजको नयाँ लोगो र जर्सी


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०७८ मा प्रकाशित



चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटको फ्रेन्चाईजमा पोखरा राइनोज नयाँ लोगो र जर्सीमा उत्रने भएको छ।

पोखराले बुधबार परिवर्तित नयाँ लोगो र जर्सी सार्वजनिक समेत गरेको छ।

पोखराले यस संस्करणको इपीएलमा नयाँ लोगो र जर्सी प्रयोग गर्ने बताइएको छ।

पोखराले सार्वजनिक गरेको नयाँ लोगोमा जितको प्रतीक सुन्तला रंग थपेर गैंडाको टाउको देखाइएको छ भने माछापुच्छ्रे हिमालमुनि ब्याट्सम्यानले बल प्रहार गरेको देखाइएको छ।

यस्तै, राइनोजको नयाँ जर्सीमा पनि पोखराको प्रतीक झल्कने माछापुच्छ्रे हिमाल राखेको छ।

जर्सीको प्रायोजन सेभेन–अ ब्राण्ड वाई एमएस धोनीले गरेको छ। चौंथो संस्करणको इपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।