३५ पत्रकार प्रेस काउन्सिलबाट पुरस्कृत हुँदै

- ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’बाट पोखराका स्वतन्त्र सेनानी एवं वरिष्ठ पत्रकार बद्रिविनोद खनाल ‘प्रतिक’ र ‘प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार’ बाट पत्रकार जमुना शर्मा ‘वर्षा’ पुरस्कृत हुँदैछन्


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०७८ मा प्रकाशित



यो वर्ष प्रेस काउन्सिल नेपालबाट ३५ पत्रकारहरु पुरस्कृत हुँदैछन्।

पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका पत्रकारलाई प्रेस काउन्सिलले वार्षिकोत्सवमा पुरस्कृत गर्न लागेको हो।

जसमध्ये पोखराका २ पत्रकार प्रेस काउन्सिलको पत्रकारिता पुरस्कार पाउनेमा परेका छन्। ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’बाट प्रेस स्वतन्त्रता सेनानी एवं बरिष्ठ पत्रकार बद्रिविनोद खनाल ‘प्रतिक’ पुरस्कृत हुँदैछन्। ‘प्रतिक’ ले १ लाख १० हजार राशीको पुरस्कार पाउँदैछन्।

त्यस्तै, ‘प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार’ बाट पत्रकार जमुना शर्मा ‘वर्षा’ पुरस्कृत हुँदैछन्। उक्त पुरस्कारबाट शर्मासँगै रूपा गहतराज र अञ्जु कार्की पुरस्कृत हुँदैछन्।

यसैगरि, ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ बाट वरिष्ठ पत्रकार भरतदत्त कोइराला पुरस्कृत हुँदैछन्। ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ बाट उज्ज्वल शर्मा पुरस्कृत हुँदैछन्। ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ बाट पत्रकारद्वय विमल गौतम र दुर्गालाल केसीलाई पुरस्कृत गरिने भएको छ।

यसैगरी ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ लक्की चौधरी, ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाईं, रामानन्द गुप्ता, वासुदेव शर्मा, सुशील अर्याल र रमेश ढुंगेल तथा ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ घनश्याम खड्का, उर्वशी बस्नेत न्यौपाने, एलपी देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, केसी लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चुडामणि लिम्बू, भगवती थापा, शिवकुमार रिजाल, रमेश खतिवडा, जगन्नाथ दुलाल र तीर्थ जैसीलाई प्रदान गरिने काउन्सिलले जनाएको छ।

‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पुरुषोत्तम खनाललाई पुरस्कार प्रदान गरिने काउन्सिलले जनाएको छ। ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ रोहित राई, अनन्त अनुराग महतो र करन ताम्राकारलाई प्रदान गरिने काउन्सिलले जनाएको छ।

यसैगरी कर्मचारीतर्फ ‘प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार’ महेन्द्रराज सिंह र कुशल अर्याल तथा ‘प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार’ मदनकृष्ण सिलवाल र राजन सिंहलाई प्रदान गर्ने निर्णय गरिएको काउन्सिलले जनाएको छ।

‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’को राशी रु एक लाख ५१ हजार रहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।