पोखराका विद्यालय भोलिदेखि खुल्ने


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०७८ मा प्रकाशित



वेभ तस्विर

पोखरा । पोखरा महानगरका विद्यालय भोलिदेखि भौतिक रुपमा सन्चालन हुने भएका छन् ।

पोखरा महानगर शैक्षिक प्रशासन महाशाखाद्वारा भौतिक रुपमा विद्यालय खोल्न सूचना निकालेपछि असोज १ गते शुक्रबारदेखि विद्यालय खोल्न लागिएको हो ।

महाशाखाले विद्यालय सञ्चालन गर्नुपूर्व कक्षाकोठा, फर्निचर, शौचालय, धारा तथा विद्यालय प्राड्गणलाई पूर्णरुपमा निर्मलीकरण गर्नुपर्ने, विद्यार्थी संख्याअनुसार दुई वा दुईभन्दा बढी सिफ्टमा सन्चालन गर्ने, महानगरले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने , अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, कक्षागत रुपमा हात धुने व्यवस्था गर्ने, कक्षाकोठामा भौतिक दुरी कायम गर्ने, आकस्मिक रुपमा स्वास्थ्य समस्या आएमा अविलम्ब नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने, प्रार्थना तथा खेलकुदजस्ता भिडभाड हुने कार्य नगर्नेजस्ता मापदण्ड शैक्षिक प्रशासन महाशाखाले तोकेको छ ।

कोभिड –१९ का कारण अनलाइनका माध्यमबाट यस वर्षको शैक्षिक सत्र असारदेखि सुरु भएता पनि भौतिक रुपमा असोजबाट शुरु हुन लागेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।