प्रतिकात्मक तस्बीर
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा हिँजो (बिहीबार) राति ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नं को ट्रक हिँजो राति पौने १२ बजे मुसेखोलामा खस्दा अन्दाजी २८ वर्षीय चालकको मृत्यु भएको हो।
मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा परेर ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन्। उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा र कुहिनोमा चोट लागेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







