कान्तिपुर डेण्टल हस्पिटलले ल्यायो दशैं तिहार अफर


     एभरेस्ट आवाज    
     असाेज १ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशकै पहिलो डेण्टल हस्पिटल कान्तिपुर डेण्टल हस्पिटलले नेपालीहरुको महान चाड दशैं तिहारको अवसरमा विशेष अफर घोषणा गरेको छ । “महान पर्वमा महान अवसर”को घोषणा गर्दै कान्तिपुर डेण्टल हस्पिटलले विभिन्न उपचारमा विशेष छुट कार्यक्रम ल्याएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले बताएका छन् ।

विगत दुई दशकदेखि मुख तथा दन्त स्वास्थ्य सेवामा आफ्नो छुट्टै पहिचान बनाएको कान्तिपुर डेण्टल हस्पिटलले असोज १ गते देखि कार्तिक ३० गते सम्मको लागि दुई महिने स्पेशल अफर घोषणा गरेको हो ।

जसमा दाँत सफा गर्ने उपचारमा १५ सयको सेवा लाई १ हजार छुट गरी ५ सयमा, मुखको ठूलो एक्सरे रु. ८ सय ५० मा, नमिलेका खप्टिएका र छिद्र दाँतलाई तार बाँधेर मिलाउने उपचारमा एकमुष्ट ५ हजार छुट दिने जनाएको छ ।

यस्तै नाम दर्ता, चिकित्सक परामर्श, दाँत सफा गर्ने, मुखको एक्सरे गर्ने कम्बो प्याकेज सेवा २८५० मा १२ सय छुट गरेर १६ सय पचासमा सेवा दिने घोषणा गरेको छ । नयाँ तथा पुराना दुवै सेवाग्राहीले यो सेवाबाट लाभ लिन सकिने हस्पिटलले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।