एकै दिन चीनबाट कोभिड–१९ विरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ।
सरकारले चीनबाट शुक्रबार उक्त मात्राको भेरोसेल खोप काठमाडौं ल्याएको हो। उक्त खोप सरकारले चीनसँग खरिद गरेर ल्याएको हो।
खोप बोकेको नेपाल वायु सेवा निगमको वाइडबडी विमान शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप अवतरण गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
सरकारले चीनसँग ६० लाख डोज भेरोसेल खोप खरिद गरेको छ। त्यसमध्ये १६ लाख डोज यसअघि नै आइसकेको छ। अब खरिद गरिएकोमध्ये ४ लाख डोज मात्र ल्याउन बाँकी छ।
विभागका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुला गरी १० हिमाली जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई यो खोप दिने योजना छ।
यसैगरी, चितवन र काभ्रेमा ३५ वर्षभन्दा माथि, ५५ जिल्लामा ५५ वर्षभन्दा माथि तथा काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिको उमेर समूहलाई शुक्रबार आएको खोप वितरण गर्ने विभागको योजना छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा…





