जापानले नेपालमाथि लगाएको प्रवेश प्रतिबन्ध हटाउँदै छ।
नेपालबाट रि–इन्ट्री भिसा भएकाहरूलाई जापान प्रवेशमा लगाइएको रोक हटाउने भएको हो।
जापानको पररास्ट्र मन्त्रालयद्वारा प्रकाशित सीमा नियन्त्रणसम्बन्धी सूचनाअनुसार नेपालसहित अफगानिस्तान, भारत, श्रीलंका, बङलादेश र माल्दिभ्सबाट प्रवेशमा लगाएको रोक हटाउने निर्णय भएको उल्लेख छ।
सेप्टेम्बर २० तारिखदेखि जापानको आवासीय भिसा भएका रि–इन्ट्री बाहक नेपाली नेपाल–जापान यात्रा गर्न सक्नेछन्।
पछिल्लो समय जापान प्रवेश नखुल्दा सयौं नेपालीहरू तेस्रो मुलुक १४ दिन क्वारेन्टिन बसेर जापान आउन थालेका थिए। जापानमा कोभिड संक्रमणदर केही कम भएको र संक्रमण घटेसँगै खोप लगाउनेको संख्या बढेपछि जापानले आवासीय भिसा बाहेकको प्रवेशलाई खुलाएको हो।
जापानले कोभिड–१९ संक्रमण नियन्त्रण गर्न भन्दै प्रतिवन्ध लगाएको थियो। बैशाखमा बिदामा नेपाल आएका सयौँ नेपालीहरू जापानले लगाएको प्रतिबन्धका कारण नेपालमै रोकिएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा –२७ को प्रथम साधारणसभा…





