नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको नाम लिँदापनि नाक, मुख खुम्च्याउने स्थिति आएको बताएका छन् । नेकपा समाजवादी पार्टी कास्कीले संविधान दिवसको अवसरमा आईतबार पोखरामा आयोजना गरेको ‘लोकतन्त्र एवम् संविधान रक्षाको निम्ति पार्टीको भूमिका’ विषयक बिचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले केपी शर्मा ओलीका कारण एमाले हुँ भन्दापनि नाक, मुख खुम्च्याउने स्थिति आएको आरोप लगाएका हुन् । पूर्व एमालेको महासचिव भएर १५ वर्ष पार्टीको नेतृत्व गरेका नेता नेपालले भने,‘देशको हविगत किन यस्तो भया ? एमालेको हविगत किन यस्तो भयो ? यो सब केपी ओलीका कारण भयो, उनैको कारण एमालेको नाम लिँदा नाक, मुख खुम्च्याउने स्थिति आयो ।’
अध्यक्ष नेपालले संविधान मिच्ने, प्रतिनिधि सभाको दुई÷दुई पटक हत्या गर्नेलाई जनताले सजाय दिने बताए । प्रतिनिधि सभाको हत्या भनेको सांसदहरुको हत्या गर्नुजस्तै भएको बताउँदै उनले यसको बदला लिएरै छाड्ने बताए । तर आफू र आफ्नो पार्टी ओलीले जसरी बद्ख्वाईं गर्ने, अर्कालाई मानमर्दन गर्ने, अपमान गर्नेलगायतका काम नगर्ने बताए । हामी नया संस्कार बसाउँछौं,उनले भने,‘हामी फूलको संसार हेर्न चाहन्छौं, काँडाको आँखाले र्हेनलाई हेर्न दिनुस् ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले यति काण्ड, वाईड वडी जहाज काण्ड, कोरोनाको औषधी खरिदलगायतका काण्डहरुको छानविन गर्न सरकारसँग माग गरेका हुन् । देश र मुलुकलाई लुट्न नपाईने भन्दै उनले भने, ‘कोभिड–१९ को भ्याक्सिनमा अरबौंको भ्रष्टाचार, वाइड वडी जहाज खरिदलगायतमा किन छानविन हुँदैन ? यदि कसैको संलग्नता छैन भने छानविन गर्न किन डराउनु प¥यो । कुरा उठिसकेपछि छानविन गर्नु पर्दैन ? त्यसैले म सरकारसँग भन्न चाहन्छु ः प्रत्येक भ्रष्टाचारको केसको बारेमा छानविन गर्ने काम गरोस् ।’
अध्यक्ष नेपालले ओली सरकारले ‘म मुखमा मात्रै भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्नँ भन्दै जम्मै कोपर्ने, राज्यका सम्पतीमा लुट मच्चाउने काम गरेको आरोप लगाए । वाईड वडी विमान खरिदमा आफैले भ्रष्टाचार भएको देखेको बताउँदै नेता नेपालले भने,‘एउटा भाउ दिएको छ, अनि पैसा त्यो भन्दा बढी दिएको छ, यसले त प्रष्टै देखाउँछ ।’ अध्यक्ष नेपालले यति एयरलाईन्सलाई नेपाल एयरलाईन्स बेच्न ओली सरकारले मरिहत्तै गर्नुमा केहि न केहि कारण रहेको हुनसक्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले…







