नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगर पार्टी कार्यालय स्थापना


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०७८ मा प्रकाशित




नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश, कास्की जिल्ला र महानगर पार्टी कार्यालय स्थापना गरिएको छ । पोखराको जाल्पारोडमा दुई तला भवन भाडामा लिएर नेकपा एकीकृत समाजवादीले प्रदेश, जिल्ला र पोखरा महानगर कमिटीको कार्यालय स्थापना गरेको हो । कार्यालयको पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले आईतबार उद्घाटन गरे ।

पार्टीका बृहद कार्यकर्ताको उपस्थितिमा अध्यक्ष नेपालले पार्टी र नेपालको झण्डासमेत झण्डोत्तलन गरेका थिए ।

नेकपा एकीकृत समाजवादीले पहिलो तलामा कास्की जिल्ला र पोखरा महानगर कमिटीको कार्यालय स्थापना गरेको छ भने दोश्रो तलामा प्रदेश कार्यालय स्थापना गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।