करेन्ट लागेर एकको मृत्यू


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०७८ मा प्रकाशित




स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नम्बर ८ घर भई हाल बिरुवा–१ धुलीगौरा बस्ने ५२ वर्षिया पूर्णकला विकको करेन्ट लागेर मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घरमा टिभीको प्लग जोड्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीको भनाई छ । थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको वुलेटिनमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।