‘महिला विकासका लागि आमा समुह’द्वारा २५ औं स्थापना दिवसको अवसरमा वेद विद्याश्रममा सहयोग


     एभरेस्ट आवाज    
     असाेज ४ गते २०७८ मा प्रकाशित





पोखरा । पोखरा ७ मासबारमा अवस्थित महिला विकासका लागि आमा समुहले पोखराका वेद विद्याश्रममा सहयोग गरेको छ । समुहको २५ औं स्थापना दिवसको अबसर पारेर पोखरा चिसाखोला वेद विद्याश्रम र नारायणथान वेद विद्याश्रममा एक एक थान राइस कुकुर , एल‍पी ग्यास र फलफुल सहयोग गरेको हो ।
कार्यक्रममा समुहका सस्थापक अध्यक्ष महाकाली बरालले २०५२ सालमा स्थापना भइ आमा समुहले विभिन्न सामाजिक कार्य गर्दै आएको बताइन् ।

पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले २५ औं वर्ष पुरा गरेर समुहलाई निरन्तरता दिन सफल भएकोमा थप प्रगतीको कामना गर्दै शुभकामना व्यक्त गरे । आउँदा दिनमा सँधै आमा दिदिबहिनीहरुमा दान गर्ने प्रेरणा मिलोस भन्दै भग्वानको कृपाको अर्शिवाद दिए ।

२०५५ साल देखि पठन पाठन सुरु गरेको आश्रमले अहिले नेपाल सरकारको अनुमति लिइ कक्षा १२ सम्मको अध्यापन गराइने जानकारी दिए ।
महिला विकासका लागि आमा समुहकी अध्यक्ष मनमाया बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अन्जु पण्डितले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।