नेपालले आज हङकङसँग खेल्दै


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०७८ मा प्रकाशित




तस्बीरः एन्फा

नेपालले आज (मंगलबार) हङकङसँग एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेल खेल्दैछ ।

नेपाली समय अनुसार दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर मैदानमा खेल सुरु हुनेछ।

एसियन कपमा छनोट हुने संभावना कायम राख्न नेपालको टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ। समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले हारेको थियो।

छनोटका लागि नेपालले आजको खेल जितेर मात्रै पुग्दैन। फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नुपर्नेछ। तीनवटै टोलीले बराबरी अंक बनाए नेपाल शीर्षस्थानमा रहन सक्छ। यसअघि नेपालले हङकङसँग २ खेल खेलेकोमा दुवैमा हार बेहोरेको थियो।

सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० र १९८९ मा भएको खेलमा ३–० ले हारेको थियो। चौध पटक एसियन कम खेलिसकेको हङकङ फिफा वरीयताको ७६ औं स्थानमा छ। नेपाल १०१ औं स्थानमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।