नेकपा एमालेका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल देशद्रोही र पार्टी द्रोही भएको आरोप लगाएका छन् । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले माधव नेपाललाई यस्तो गम्भीर आरोप लगाएका हुन् । ‘एउटा उचाईमा पुगेको पार्टीलाई फुटाउने माधव नेपाल राष्ट्रद्रोही हो, पार्टीद्रोही हो’–उनले भने ।
नेता बास्कोटाले नेपाल बेइमानी र पाखण्डी भएको भन्दै उनले पार्टी छाडेर जानका निम्ति मात्र प्रतिगमन रोक्न भन्दै माधव नेपालहरुले आन्दोलन गरेको बताए । माधव नेपालहरुले नया पार्टी बनेपछि यो चुनावसम्मका लागि मात्र भएको उनले दाबी गरे ।
पूर्व मन्त्रीसमेत रहेका नेता बास्कोटाले वर्तमान सरकार लम्पसारबादी भएको आरोप लगाए । नक्सामा समेटिसकेको लिपुलेक, लिम्पीयाधुरा र कालापानी ल्याउन सरकारले कुनै पहल नगरेर लम्पसारबादी भएको उनको आरोप थियो । साथै जयसिंह धामीको हत्यारा माथि कारवाही गर्नपनि सरकारले भारतमाथि कुनै दवाब दिन नसकेको उनले बताए । ‘जयसिंह धामीको आत्मा महाकाली नदीमा भड्किरहेको छ, तर सरकार मौन छ, मिडियापनि कुम्भकर्ण निन्द्रामा छ’–उनले भने ।
नेता बास्कोटाले नेपालको न्यायालयपनि सरकारजस्तै कम्फर्टेबल बनेको आरोप लगाए । कसैको ईशारामा न्यायालय चलिरहेको संकेत गर्दै उनले भने,‘यो सरकारपनि कम्फर्टेबल सरकार हो, अनि न्यायालयपनि कम्फर्टेबल न्यायालय हो ।’ उनले अदालतले प्रधानमन्त्री तोकेर संविधानको वलात्कार गरेकोसमेत आरोप लगाए ।
पूर्व सञ्चारमन्त्रीसमेत रहेका नेता बास्कोटाले गण्डकी र लुम्विनी प्रदेशमा ल्याइएको आमसञ्चार विधेयक मिडियामाथि अंकुश लगाउने उद्धेश्यले आएको भन्दै विरोध जनाए । मिडिया स्वतन्त्र नभएको देशमा लोकतन्त्र जिवित नहुने भन्दै उनले मिडियालाई स्वतन्त्र छाडिनुपर्नेमा जोड दिए । तर मिडियाले व्यवसायीक मर्यादा र पाठकप्रति जवाफदेही भने हुनुपर्ने बताए ।
प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य कमल सुवेदीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






