????????????????????????????????????
नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख)को सभापतिमा दीपकविर कुँव्रले उम्मेदवारी घोषणा गरेका छन् । पोखरा महानगरपालिका–६ बैदाम निवासी ५० वर्षीय कुँबरले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्दै पार्टीलाई एक ढिक्का बनाउन र युवाहरुलाई नेतृत्वमा अगाडि ल्याउने कार्यक्रम सहितआफूँले उम्मेदवारी दिने बताए ।
सभापतिका प्रत्यासी कुँवरले आफू ७ वर्षको उमेर हुँदादेखी काँग्रेससँग भावनात्मक रुपमाजोडिएको बताउँदै उनले पार्टीको संगठन रफ्तारमा अघि बढाउन र आगामी निर्वाचनमा काँग्रेसको विजय सुनिश्चित गराउनु रहेको बताए । ।उहाँले पार्टीका पुराना दस्ताबेजहरुलाई संग्रह गरेर व्यवस्थित रुपमा अभिलेखीकरण गर्ने समेत बताए ।
कुँबरले भने,“अहिले पार्टीको संगठन जुनगतिका साथ अघि बढ्नुपर्ने हो, त्यो हुन सकेको छैन । युवाहरुको सहभागितामा पार्टीलाई प्रभावकारी रुपमा अघि बढाउन सभापतिमा उम्मेदवारी दिने निचोडमा पुगेको हुँ ।” आफू सभापतिमा निर्वाचित भएपछि काँग्रेसका तमाम् कार्यकर्तालाई पार्टी मेरो हो भन्ने अपनत्व हुने गरी काम गर्ने र सबैलाई योग्यता र क्षमताअनुसारको जिम्मेवारी दिने योजनामा रहेको बताए । पार्टीभित्र देखिएको गुटबन्दीले पार्टी कमजोर हुने भएकाले गुटबन्दी अन्त्यगर्नु समेत आफ्नो मुख्यलक्ष्य हुने कुँबरले बताए ।
पार्टीमालाग्ने प्ररेणा आफूलाई विपीकोइरालाबाट प्राप्तभएको बताउँदै कुँवरले भने,“विसं २०३५ सालमा सातवर्षको उमेरमा मैले महामानवविपीकोइरालालाई भेट्ने मौका मिल्यो । बैदाम कोमागाने पार्कमा जापानिजले बनाएको कलात्मक घरमा बिपी आएका थिए । बुबाको साथमा मैलेपनि उनलाई भेट्न पाएँ । विपीले बुबासँग गरेका कुराकानीले मलाई छोयो र अप्रत्यक्ष रुपमामलाई उर्जा मिल्यो ।”
बुबा स्व.बुद्धिबहादुर कुँवर प्रतिबन्धित अवस्थामा कास्की काँग्रेसको जिल्ला सचिव भएकाले घरमा नेताहरुको आउजाउ हुने हुँदा उनलाई पार्टीमा लाग्न नेताहरुबाट समेत उर्जा मिलेको उनी बताउँछन् । कास्कीकाँग्रेसका पुराना नेताहरु मिनबहादुर गुरुङ, प्रेमबहादुर कुँवर,करुणानिधी कोइराला, धिरबहादुर गुरुङबाट उनले राजनीतिमा लाग्न थप प्रेरणा मिलेको बताए ।
कुँवरले विसं २०४२ को सत्याग्रह आन्दोलनका बेलामा नेताहरु नजरबन्दमा रहेको बेला पार्टीका अति गोप्य चिठी पत्रआदानप्रदानगर्ने भूमिका निर्वाह गर्नुभएको थियो । बहुदलको पक्षमा लागेबापत विसं २०४६ सालको जनआन्दोलनमाउहाँ जेल परे । तत्कालीन अञ्चलाधीस र सिडियोले उहाँलाई ३ महिनाको नजरबन्दको पूर्जी दिएर कारागार चलान गरेका थिए ।
उनी युवा अवस्थादेखी नै पार्टीका विभिन्न कार्यक्रम तथा आन्दोलनहरुमा अग्रपंक्तिमा रहँदै आएकाले काँग्रेसका नेताकार्यकर्तासँग समेत उहाँको निकट सम्बन्ध रहँदै आएको छ । विसं २०४७को माघ ५ देखी ७ गतेसम्म भएको काँग्रेसको राष्ट्रिय महासम्मेलनमा कुँवर कास्की काँग्रेसको प्रतिनिधि भएर महासम्मेलनमा सहभागिता जनाएका थिए ।
काँग्रेस क्षेत्रीयप्रतिनिधिहरुले आफूलाई विश्वास गरेर भोट दिएर सभापतिमानिर्वाचित गराउने कुँवर विश्वस्त छन् । नेपालीकाँग्रेस वडा नं ६ को पूर्व सभापति समेत रहेका कुँवर हाल निर्वाचित क्षेत्रीयप्रतिनिधि र नेपाली काँग्रेसको शुभेच्छुक संस्था समन्वय केन्द्रीयविभागको केन्द्रीय सदस्य छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






