अन्तर्राष्ट्रिय खुल्ला अनलाइन कला प्रतियोगिता तथा प्रद्वर्शनी शुरु


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०७८ मा प्रकाशित




पोखरा ।“कलाकारकोलागि कलाकार” अन्तराष्ट्रिय खुल्ला अनलाइन कला प्रतियोगिता तथा प्रद्वर्शनी (२०७८) मंगलबारबाट शुरु भएको छ । नगेन न्यूज पब्लिकेसन प्रा.लि.ले आयोजित उक्त प्रतियोगिताको आज एक कार्यक्रमको आयोजना गरि पोखराबाट उद्वघाटन गरिएको हो ।

कार्यक्रमको डिजिटल उद्वघाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, मन्त्री मणिभद्र शर्माले कलाकारहरुको लागी गरिएको यो नविन कार्य प्रशंसनिय रहेको बताए । मन्त्री शर्माले सो कार्य एक मौलिक कार्य रहेको र अरुले पनि यसको नक्कल गर्नुपर्ने बताए । कोरोना कहरको समयमा पनि कलाकारको लागि अन्तर्राष्ट्रिय कला प्रतियोगिता तथा प्रद्वर्शनी अहिलेको स्थितीमा बाध्यता सगँसगँै अवसर बन्ने पनि उनले विश्वास व्यक्त गरे । साथै उनले उक्त पेन्टिङ्ग बिक्री भएको रकम सामाजिक कार्यमा लगाउने आयोजकको धारणा धेरै राम्रो रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले चित्रकलालाई पत्रकारले पनि प्राथमिकतामा राख्नुपर्ने बताइन् । भण्डारीले पोखराबाट यो प्रर्दशनीको सुरुवात हुनु गौरवको कुरा रहेको भन्दै कला स्थापित गर्न नगेन न्युज पब्लिकेसन प्रा.लि.ले गरेको आन्दोलनमा पत्रकार महासंघ कास्की सधै साथमा रहने प्रतिबद्वता व्यक्त गरिन्।

“न प्रायोजक न समर्थक न प्रबद्र्धक मात्रै कलाकारको लागि कलाकार” मुल नाराका साथ कला र कलाकारको समृद्वि, बिकास र प्रबद्र्धनको लागि हरेक बर्ष एक नाम, दाम र सम्मान हरेक कलाकारले पाउन भन्ने उद्देश्यले “कलाकारको लागि कलाकार” अन्तर्राष्ट्रिय अनलाइन खुल्ला कला प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको कार्यक्रमका सभापति तथा नगेन न्यूज पब्लिकेसन प्रा.लि.का अध्यक्ष ज्योती हमालले जानकारी दिइन् ।

प्रतियोगिताबारे जानकारी दिँदै हमालले कलाकृतिहरू बिक्री भई उठेको रकम ७०% स्वयं कलाकारलाई १०% पुरस्कारलाई १०% कल्याणकारी कार्यक्रमलाई र १०% स्मारिकालाई छुट्टयाईने जानकारी दिए । उले कम्तिमा १८ बर्ष उमेर पुगेको १५ देशका १६० कलाकारहरु, २ अप्रतीयोगी र ५ जना निर्णायकको १५ कलाकारहरुले विभिन्न माध्यम, तरिका र साईजमा बनाएका कलाकृतिहरूको असोज ५ गते अर्थात मंगलबारदेखि नै www.nagenart.com मा एक महिना सम्म प्रदर्शनीमा राखिने जानकारी गराए ।

कोरोना कहरको समयमा सबैले आफ्नो बारेमा सोचि रहँदा कलाकारका बारेमा कसैले केहि नगरेकाले कलाकारको जुम मिटिङ्गबाट कलाकारले पनि केहि गर्नुपर्ने आवश्यक रहेकोले “कलाकारको लागि कलाकार” प्रतियोगिता तथा प्रद्वर्शनी गरिएको नेपाल एकेडेमी फाइन आट्र्स, नेपालका प्राज्ञ नगेन सिंह ठकुरीले बताए ।

सो प्रतियोगिताको निर्णायकमा प्राध्यापक डा. सुमेर जावाड, कला र डिजाइनको कलेज, पंजाब विश्व विद्यालय, पाकिस्तानमा प्रिन्सिपल, दादुल चालिहा विश्वव्यापी कलाकार, गुवाहाटी, आसाम, भारत, प्राध्यापक दीवान मिजान शान्तो(मरियम क्रिएटिव टेक्नोलोजी विश्व विद्यालय, ढाका, बंगलादेश, प्राज्ञ ज्योति प्रकाश बीके ललितकला विभाग, त्रिवि, नेपाल विभाग, प्राज्ञ नगेन सिंह नेपाल एकेडेमीफाइन आट्र्स, नेपाल रहेका थिए ।

सो अवसरमा प्राज्ञ ठकुरीले सामाजिक संजाल अन्तर्राष्ट्रिय पुरस्कारहरू प्रदर्शनी समाप्ती पछि सार्वजनिक गरिने र १४ ओटा सोसियल मिडीया मार्फत प्रर्दशनीको सम्प्रेषण गरिने जानकरी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।