नेकपा (एकीकृत समाजवादी) को ८१ जिल्ला, ८ प्रदेश कमिटी


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०७८ मा प्रकाशित




तस्बीरः विकास द्वारे/गोरखापत्र

सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी)को मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले ८१ जिल्ला र ८ वटा प्रदेश कमिटी संचालन गर्दै छ।

पार्टीको कार्यक्षेत्रको आधारमा ८१ जिल्ला र ८ वटा प्रदेश कमिटी संचालन गर्ने जनाएको हो।

काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैक्वेटमा मंगलबारदेखि सुरु भएको बैठकमा देशमा भौगोलिकरुपमा ७७ वटा जिल्ला भएपनि पार्टीको कार्यक्षेत्रको आधारमा ४ वटा विशेष जिल्ला कमिटी गठन गरिने र यसैको सहयोगमा देशव्यापीरुपमा संगठन सुदृढीकरण गरिने नेकपा (एस)का प्रचार विभागले जनाएको छ।

यसैगरी, देशमा भौगोलिकरुपमा सात वटा प्रदेश भएपनि कार्यगत क्षेत्रको आधारमा उपत्यकाका लागि छुट्टै एउटा विशेष कमिटीसहित ८ वटा प्रदेशगत कमिटीबाट पार्टी संचालन हुने पार्टी प्रवक्ता जगननाथ खतिवडाले जनाएका छन्।

नेकपा (एस) को हिँजोको बैकठमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक एजेण्डा प्रस्तुत गरे। पार्टीको राजनीतिक एवं समसामयिक एजेण्डाहरुमा छलफलका लागि ५ वटा समूह सूची तयार भएको छ। बैठकमा आवधिक कार्ययोजना बनाएर ३ महिने अभियान संचालन हुने र यसभित्रमा देशव्यापीरुपमा संगठन विस्तार एवं सुदृढीकरण हुनेछ।

नेकपा (एस) ले यिनै विषय समेटेर पार्टीको कार्ययोजनामा आज (बुधबार) पनि छलफल गर्ने र पारित गरिने जनाएको छ। बैठक अझै जारी छ।

गोरखापत्रमा समाचार छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।