लामाचौर स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०७८ मा प्रकाशित




पोखरा । सेवाका लागी यूथ नेपाल कास्कीले लामाचौर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।


पोखरा–१९ लामाचौरमा अवस्थित स्वास्थ्यचौकीलाई संस्थाले मंगलबार एक कार्यक्रमकाविचस्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको संस्थाका अध्यक्ष असिल कुमार शाहीले जानकरी दिए ।


संस्थाले कोभिड–१९ नियन्त्रणका लागि भन्दै अक्सिजन सिलिण्डर २ थान, माक्स ३३ थान, ग्लोब्स, पिपिई सेट २० थान, ४० लिटर सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री स्वास्थ्यचौकी प्रमुख श्याम सुन्दर आचार्यलाई हस्तान्त्रण गरिएको हो ।


सो सामाग्री स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी, स्वास्थ्य स्वयमसेवक लगायत अग्रपंक्तिमा कार्यरतहरुका लागी उपयोगी हुने स्वास्थ्यचौकी प्रमुख आचार्यले बताए । उनले संस्थालाई सहयोगका लागी धन्यवाद व्यक्त गरे ।


कार्यक्रममा संस्थाका सदस्य सन्दिप केसी, सागर पनेरु लगायतको उपस्थितिमा सो कार्यक्रम सम्पनन भएको संस्थाका अध्यक्ष शाहीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।