पोखरा महानगरपालिकाले ४५ वर्षमाथिका सबैलाई भोलि (शुक्रबार) बाट कोरोनाविरुद्धको खोप लगाउने भएको छ। महानगरपालिकाले महानगरभित्र ४९ वटा खोप केन्द्र तोकेको छ।
महानगरपालिकाले असोज ८ देखि ११ गतेसम्म कोरोना विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाउने भएको हो। महानगरपालिकाले ३० हजार भेरोसेल प्राप्त गरेको छ। चीनबाट ४४ लाख खोप आएको थियो।


देशभर झण्डै ७९ ले लगाए पूर्ण खोप
करिब ७९ लाख नेपालीले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएका छन्।
कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ७८ लाख ९० हजार ३७५ पुगेको छ।
त्यस्तै, पहिलो मात्रा लगाउनेको संख्या ६२ लाख ६२ हजार ७८० पुगेको छ।
पूर्ण मात्रा खोप लगाउने र पहिलो मात्रा मात्र लगाउने गरी एक करोड ४१ लाख ५३ हजार १५५ जनामा कोरोनाविरुद्धको खोप लगाइएको जनाइएको छ ।
कोभिसिल्डको पहिलो मात्रा लगाउनेको संख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ। यस्तै, कोभिसिल्डको दुवै मात्रा लगाउनेको संख्या १४ लाख ८८ हजार ४३५ पुगेको छ।
यस्तै, भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको संख्या ३६ लाख २५ हजार ९५७ पुगेको छ। भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या २८ लाख २३ हजार ६८३ पुगेको छ।
जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउनेको संख्या १४ लाख ४० हजार ७३५ रहेको तथ्यांक छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







