पोखरामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०७८ मा प्रकाशित




नेपाल पत्रकार महासंघ र कास्की शाखाको सयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम पोखरामा भएको छ ।
महासंघ गण्डकी र कास्की शाखामा कार्यरत पत्रकारहरुको अभिमुखीकरणका लागि कार्यक्रम भएको हो ।

करिव ६० जना पत्रकारको उपस्थितीमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ प्रशिक्षक जगत नेपाल र हिरण्य जोशीले प्रस्तुती दिएका थिए । पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्टले पछिल्ला दिनमा अनुसन्धानमा रहेर गरिने पत्रकारिता हराउँदै गएको धारणा राखे । अनुसन्धनात्मक पत्रकारिताका लागि महासंघले छुट्टै योजना बनाएर अगाडि बढ्ने उनले बताए । पत्रकारको पेशागत अधिकार र हकहितका विषयमा पार्टीको पछि नलागी समान धारणा हुुनुपर्नेमा उपाध्यक्ष विष्टले जोड दिए ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले कोरोना कहरका विच महासंघले आफ्ना गतिविधी गर्न नपाएको जनाउँदै अब विस्तारै तालिम लगायत अन्य कार्यक्रम गर्दै जाने धारणा राखिन् । पत्रकारको पेशागत सुरक्षाका लागि महासंघ सधैं अग्रसर रहने उनी बताउँछिन् । प्रशिक्षक जगत नेपालले आचारसंहिता भित्र रहेर पत्रकारिता गर्न सुझाव दिए । उत्तरदायी पत्रकारिता पछिल्ला समय चुनौतीको विषय भएकाले सवै सम्बन्धीत निकाय चनाखो हुन आवश्यक रहेको तर्क राखे । प्रशिक्षक जोशीले प्रस्तुतीकरणको बिचमा पछ्रिल्लो समय पत्रकारिता छाडा हुँदै गएकाले यसतर्फ सम्बन्धीत निकायको ध्यान जानुपर्ने बताए । ४५ जिल्लामा गरिएको सार्वजनिक सुनुवाईमा मिडिया माथि नागरिकको विश्वास गुम्दै गएको पाईएकाले सजग हुनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की, केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकारका क्षमता अभिवृद्धिका लागि तालिम, अभिमुखीकरण जस्ता कार्यक्रमहरु आवश्यक रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।