पोखरामा आजबाट ४५ वर्ष माथिकालाई पहिलो डोजको खोप


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिकाले ४५ वर्षमाथिका सबैलाई आज (शुक्रबार) बाट कोरोनाविरुद्धको खोप लगाउने भएको छ।

महानगरपालिकाले महानगरभित्र ४९ वटा खोप केन्द्र समेत तोकेको छ। महानगरपालिकाले असोज ८ देखि ११ गतेसम्म कोरोना विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाउने भएको हो।

महानगरपालिकाले ३० हजार भेरोसेल प्राप्त गरेको छ। चीनबाट ४४ लाख खोप आएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।