त्रिशूलीमा कार खस्दा पोखराका ३ जना बेपत्ता, १ घाइते


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०७८ मा प्रकाशित



चितवनको ईच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् भने १ जना घाइते भएका छन्।

बिहीवार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छ। उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको छ।

कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी पत्नी ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ। प्रेम भुजेल पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष हुन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।