एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको चौंथो संस्करण आज (शनिबार)बाट सुरु हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्स–११ बीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।
कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ। ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि टोलीको कप्तानी कुशलले पाएका हुन्।
काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ। सन्दीप पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ। यी दुईले हालसम्म ३ खेलमा एक अर्काको सामना गर्दा सबै भेटमा ललितपुरले जित निकालेको छ।
असोज २३ सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख पाउने छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







