नेपाली काँग्रेस पोखरा महानगर सभापतिको निर्वाचनमा सुरेन्द्रमान विजुक्छेले अग्रता लिएका छन्।
पछिल्लो मतगणनाको परिणाम अनुसार विजुकछेले ३५६ मत ल्याएका छन्।
विजुकछेलाई पछ्याइरहेका पत्रकार गंगाधर पराजुली २९१ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै, रामराज लामिछानेको १७६ मत छ। त्यस्तै, मिलनप्रसाद तिवारीको १२८ मत छ। मोहनप्रसाद बास्तोलाको १६० र ज्योती हमालको ११ मत छ।
त्यसैगरी, पोखरा महानगर उपसभापति पदको मत गणनामा प्रयागराज भण्डारीले अग्रता लिएका छन्। भण्डारीले सर्वाधिक मत ४८७ मत छ। त्यस्तै, ३९९ मतसहित भवसागर बरालले भण्डारीलाई पछ्याउँदैछन्। निर्दोषकुमार पौडेलले ३४५, राजेन्द्र बरालले ३२०, कृष्णप्रसाद अधिकारीले ३०० र शिव केसीले १४५ मत ल्याएका छन्।
त्यस्तै, सचिव पदका उमेदवार गणेशबहादुर थापाले ७८२, टुबराज बास्तोलाले ७०८ र सुरेन्द्रबाबु तिवारीले ५२९ मत ल्याएका छन्।
सह–सचिव पदमा संघर्ष कोइरालाले ४९१, सञ्जय आलेले ३८८, लक्ष्मी बास्तोलाले ३१९, नरेन्द्र बास्तोलाले २९३, रबिन कायस्थले २३५ र पुष्पराज सिग्देलले २११ म्त ल्याएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







