नेपाली काँग्रेस पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी

- उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल, सचिवमा टुबराज बास्तोला र गणेशबहादुर थापा, उपसचिवमा संघर्ष कोइराला र सञ्जय आले विजयी बनेका छन्


     एभरेस्ट आवाज    
     असाेज १० गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेस पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन्।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको मतदान र आइतबार सम्पन्न मतगणनामा प्रत्यासी गंगाधर पराजुलीलाई पछि पार्दै ४१४ मतसहित विजुक्छे सभापतिमा निर्वाचित भएका हुन्।

कुल खसेको मत १३ सय ४४ मध्ये प्रत्यासी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी पराजुलीलाई बिजुक्छेले ६८ मतले पछाडी पारे।

सभापतिमा निर्वाचित विजुक्छे यसअघि उपसभापतिको भूमिका निर्वाह गरेका थिए भने हाल पोखरा उद्योग वाणिज्य संघको महासचिव छन् । उनी २०३६ सालबाट नेविसंघ हुँदै काँग्रेसको राजनीतिमा आवद्ध थिए।

यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन्। भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरेका छन्।
यस्तै सचिवमा टुवराज बाँस्तोला ८५८ मत र गणेशबहादुर थापा ७८४ मतका साथ विजयी भएका छन् भने सहसचिवमा संघर्ष कोइराला ५८० र सञ्जय आलेले ५६५ मत प्राप्त गरि विजयी भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।