कांग्रेस महानगर सभापतिमा पराजित लामिछानेद्वारा दलको नेता र सचेतकबाट राजिनामा


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिका नेपाली काँग्रेस संसदीय दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार आफ्नो पदबाट राजिनामा दिएका छन् । नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा पराजित भएलगत्तै उनले महानगरको दलको नेता तथा सचेतकबाट राजिनामा दिएका हुन् । कांग्रेस महानगर सभापतिमा उनी केहि दिनअघि मात्र पराजित भएका थिए । सभापतिका ६ प्रतिपस्पर्धी मध्ये उनी तेश्रो भएका थिए ।

राजिनामा पत्रमा उनले सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गरेका छन् । आफूलाई सो भूमिका निर्वाह गर्न अवसर प्रदान गर्न सहयोग गर्ने नेपाली काँग्रेस कास्की, नेपाली काँग्रेस पोखरा महानगर समिति, पोखरा महानगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष, वडा सदस्य लगायत महानगरवासीप्रति उनले आभार व्यक्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।