भिन्तुना क्लवद्वारा हक्की टिम गठन


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०७८ मा प्रकाशित




पोखराको भिन्तुना क्लवले हक्की टिम गठन गरेको छ । पोखरा महानगरपालिका वडा नं ३ मा रहेको भिन्तुना क्लवले युवाहरुलाई हक्की खेलतर्फ आकर्षित गर्न हक्की टिम गठन गरेको हो । पिताम्वर थापाको कप्तानीमा हक्की टिम गठन गरेको क्लवका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।
भिन्तुना हक्की टिममा हेमन मगर, अशिम ठकुरी, खिम थापा, कुञ्जन थापा, सुजन विक, युनिश गुरुङ र सागर थापा रहेका छन् ।

भिन्तुना हक्की टिमको टिम म्यानेजरमा मनिष सुवाल रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।