पोखरा । पोखरा महानगरपालिका–२८ स्थित ज्यामीरे गाउँका विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बिहीबार एक कार्यक्रमका विच गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङ कुसुमले उनीहरुलाई पार्टी प्रवेश गराएकी हुन् ।
कार्यक्रममा मओवादी केन्द्र कास्कीका संयोजक बखान तमु आभास, पूर्व केन्द्रिय सदस्य लालमोहन तिवारी, जिल्ला सचिवालय सदस्य सूर्यप्रकाश तिवारी, नेता श्याम केसी, वडा २८ का अध्यक्ष यज्ञ तिवारी, नगर कमिटी सदस्य चेतकृष्ण भुर्तेल, २८ का पार्टी सचिव पुष्पराज त्रिपाठी, दलित मुक्तिमोर्चा कास्की जिल्ला सदस्य मंगलबहादुर नेपाली, कार्यक्रम संयोजक २८ का अध्यक्ष रामचन्द्र तिवारी, कमल बहादुर गुरुङ लगायतले बोलेका थिए ।
माओवादी केन्द्र पोखरा २८ का अध्यक्ष अमृतबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दुधराज तिवारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ४ असार पोखरामा पछिल्लो समय चोरीका लागि काठमाडौंबाट आउने गरेको कास्कीका…







