पोखराको अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स खुलेको छ । सुनचाँदी व्यवसायमा ख्याती कमाएको कञ्चन क्यापिटल प्रालिले पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोटमा कञ्चन डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको हो । डिपार्टमेन्टल स्टोर्सको शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रामेश्वर मल्ल र वडा नम्बर ३ का वडाध्यक्ष रबीन्द्रबहादुर प्रजुले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।
स्टोर्सले शुभारम्भकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सहयोगार्थ रु १ लाख १ हजार सहयोग गरेको छ । सो रकम कञ्चन ग्रुपका अध्यक्ष बिमलमान गुभाजुले भबन निर्माण समितिका अध्यक्ष दिलिपराज श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
ट्राफिक कार्यालय ब्यबश्थित होस् भन्ने हेतुले संस्थागत सामाजिक कार्य अन्तर्गत सहयोग गरेको अध्यक्ष गुभाजुले बताए ।


बागलुङ बसपार्क, अर्चलबोट, भैरवटोल, नालामुख, विन्ध्यबासिनीलगायतका ठाउँका स्थानिय तथा हेमजा, सुईखेत, नाउडाँडा, पर्वत, बागलुङ, मनाङ, मुस्ताङ जाने यात्रुलाई लक्षित गरि डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको कञ्चन क्यापिटल प्रालिका अध्यक्ष विमलमान गुभाजुले जानकारी दिए ।
डिपार्टमेन्टल स्टोर्समा ग्रोसरी, किचन आईटम, कस्मेटिक सामानहरु, जुस तथा स्वदेशी तथा विदेशी मदिराहरु विक्रीका लागि राखिएको कञ्चन क्यापिटल प्रालिका सञ्चालक समिति सदस्य सोवितमान बुद्धाचार्यले जानकारी दिए ।
शुक्रबारदेखि सञ्चालनमा आएको डिपार्टमेन्टल स्टोर्सले नेपालीहरुको महान चाँड बडादशैं तथा तिहारको अवसरमा विशेष अफर दिने जनाएको छ । डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा आएको अवसरमा आफूहरुले सामान हेरेर १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको सदस्य बुद्धाचार्यले बताए । अफर तिहार पछिसम्म रहने उनले बताए ।
डिपार्टमेन्टल स्टोर्सले होम डेलिभरीको सुविधापनि दिने भएको छ । अनलाईनबाट सामान खरिद गर्न सकिने र खरिद गरेका सामान होमडेलिभरीको व्यवस्था रहेको बुद्धाचार्यले जानकारी दिए । उनले डिपार्टमेन्टल स्टोर्स चौविसै घण्टा सञ्चालन हुने बताए ।
डिपार्टमेन्टल स्टोर्सको उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष द्वय मल्ल र प्रजु दुबैले सेवालाई गुणस्तर र प्रभावकारी बनाउन सुझाव दिए । उनीहरुले कञ्चन डिपार्टमेन्टल स्टोर्सले पोखरेली ग्राहकको मन जित्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
कञ्चन क्यापिटल प्रालिमा १७ जना सदस्य रहेका छन् । डिपार्टमेन्टल स्टोर्समा २० जनाले रोजगारी पाएको जनाइएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले…





