एनभीए भलिबलको फाइनल आज


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०७८ मा प्रकाशित




एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसीपको फाइनल आज (शनिबार) हुँदैछ।

त्रिपुरेश्वरस्थित मैदानमा उपाधिका लागि पुरुषतर्फ हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। महिलातर्फ एपीएफ क्लब र न्यु डायमण्ड क्लब भिड्नेछन्।

प्रतियोगिताको अन्तिम चारको भिडन्तमा पुरुषतर्फ हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरको थियो।

पुरुष तर्फको दोस्रो खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–० को सोझो सेटमै पराजित गरेको थियो।

महिला तर्फको खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो भने त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमै पराजित गर्दै एपीएफले लगातार च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो।

तेस्रो स्थानका लागि पुरुषतर्फ नेपाल पुलिस र एपीएफ तथा महिलातर्फ नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले दुबैतर्फ ४ लाख पाउनेछन्। यस्तै, उपविजेता टोलीले समान २ लाख प्राप्त गर्नेछ। तेस्रो स्थानको टोलीले १ लाख पाउनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।