रासस)ः
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को व्यस्त जीवनलाई स्वस्थ राख्ने उद्देश्यका शुरु गरिएको ‘वाक द टक’ कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।

डब्लुएचओ नेपालका प्रमुख डा. राजेश समबाजीराव पाण्डव सहितको टोलीले पोखराको बाराहीघाट देखि बङ्लादी सम्मको करिब २ किलोमिटर फुटट्राकका हिडेर सो कार्यक्रम सम्पन्न गरेको हो । डब्लुएचओका नेपालमा प्रमुख डा.पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्ये शुरु भएको हिड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताउनुभयो । उहाँले विश्वभरीनै कोभिड १९ को महामारीले मानव जीवनको स्वास्थ्यमा नकरात्मक असर पारेका जनाउँदै स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम महत्वपूर्ण हुँदै गएको बताउनुभयो । सोही क्रममा डा. पाण्डवले पोखराको पहिलो पटक आएको अनुभव सुनाउँदै यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई निकै लोभ्याएको बताउनुभयो । उहाँले भन्नुभयो “पोखरा निकै सुन्दर लाग्यो, हिमश्रृंखला र तालतलैया निकै लोभलाग्दो रहेछ ।” उहाँले पोखरामा पहिलोपल्ट ‘वाक द टक’ कार्यक्रम भएको जनाउँदै यसले एकअर्का बीच आत्मियता र भाइचारा वृद्धि गराउनुका साथै मानसिक स्फूर्ति बढाउने बताउनुभयो । डा. पाण्डवले महामारी अझै पनि निमूर्ल भइनसकेकाले स्वास्थ्य मापदण्ड र सर्तकतालाई हरेक नागरिकले पालना गदैै स्वस्थ जीवनयापनमा ध्यान दिन उहाँको आग्रह थियो ।
डब्लुएचओको ७० औं वार्षिकोत्सवको अवसरमा सन् २०१८ देखि वाक द टक अभियान शुरु भएको हो । यस अभियान नेपालको लुम्बिनी, काठमाडौ, कर्णाली र जनकपुरमा पनि सम्पन्न भइसकेको डब्लुएचओ नेपालका सञ्चार अधिकृत सुधन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा आकस्मिक रुपमा स्वास्थ्यमा काम गर्ने डब्लुएओका प्रतिनिधिहरुसँगको रिभ्यू कार्यशाला चलिरहेको छ , सोही क्रममा पोखराका विभिन्न क्षेत्रका व्यक्तिहरु सहितको टोलीले पोखराको फेवाकिनारमा हिड्दै कुरा गर कार्यक्रम सम्पन्न गरेको थियोे । उहाँले व्यस्त जीवनलाई स्वस्थ राख्नका लागि हिड्दै गफ गर्ने र प्रकृतिसँग रमाउँदै एकअर्काबीच कुराकानी गर्दा शारीरिक एवम् मानसिक स्फूर्ति बढ्ने बताउनुभयो । पोखरा पर्यटकीय नगरी भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै स्वस्थ जीवनका लागि हिडौ भन्ने सन्देशका दिनका लागि पनि फेवा किनारमा कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ थियो । पदयात्रा अघि कार्यक्रममा सहभागिहरुले फेवा किनारमा योगध्यान समेत गरेका थिए । डब्लुएचओ प्रतिनिधि सहित पोखराका विभिन्न क्षेत्र र संघ संस्था र प्रतिनिधि सहित करिब ५० जनाको सहभागिता रहेको थियो ।
तस्बिर उपलब्ध छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







