लियो क्लव अफ पोखरा फरक अभियानले नजिकिदो नेपालीहरुको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतको शुभकामना आदानप्रदान गरेको छ । लायन्स क्लव अफ पोखरा फरक अभियानका द्वितीय उपाध्यक्ष विनायक पौडेलको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले लियो क्लव सँधै समाज परिवर्तनको अभियानमा लागेकाले समाजमा छुट्टै पहिचान बनाएर काम गर्नुपर्नेमा जोड दिए । उनले बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतको शुभकामना दिए ।
विशिष्ट अतिथि ३२५ बि१ नेपालका जिल्ला कोषाध्यक्ष लियो दिप्ती न्यौपानेले क्लव स्थापना भएकोमा खुशी व्यक्त गर्दै लियोको महत्वको बारेमा बोलेका थिए ।
अभियानका अध्यक्ष विवेक सापकोटाले क्लवले थाल्ने अभियानका बारेमा प्रकाश पार्दै क्लवको औचित्यबारे बोलेका थिए । आगामी शनिबार अल लियोले आयोजना गर्ने दसैं तिहार शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो क्लब पनि सहभागी हुने सापकोटाले जानकारी दिए।
क्लवका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष बिजय खनाल, सचिव सन्दीप लामिछानेलगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







