अमेरिकाको ५० वटै राज्यमा गर्भपतनको माग


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०७८ मा प्रकाशित




अमेरिकामा गर्भपतनको समर्थनमा हजारौंले प्रदर्शन गरेका छन्।

टेक्सस राज्यमा गर्भपतनको अधिकारमा केही परिमार्जन गरिएपछि त्यसको विरोध गर्दै प्रदर्शन गरिएको हो।

अन्य राज्यहरुमा पनि कानुन परिमार्जन हुनसक्ने भन्दै त्यसविरुद्ध महिला तथा अधिकारकर्मीहरु प्रदर्शनमा उत्रिएका हुन्।

अमेरिकामा सन् १९७३ मै गर्भपतनलाई कानुनी मान्यता दिइए पनि रिपब्लिकनहरुले बेला बेलामा गर्भपतन सम्बन्धि प्रावधानहरुलाई परिमार्जन गर्ने गरेका छन्।

रिपब्लिनको सरकार रहेको टेक्सासमा ६ साताको गर्भपतन गर्न प्रतिबन्ध लगाइएको छ।

कति समयको गर्भपतन गर्न पाउने भन्ने विषय सधैं विवादको विषय बन्दै आएको छ।

अमेरिकी सर्वोच्च अदालतमा विचाराधीन रहेको उक्त विषयको सुनुवाई अघि बढिरहेकाले पनि अधिकारकर्मीहरु सडकमा उत्रिएका हुन्।

देशैभर महिला तथा अधिकारकर्मीहरुले गर्भपतनको पक्षमा प्रदर्शन गरिरहेको बेला केही समूहहरुले भने त्यसको विरोधमा पनि प्रदर्शन गरेका छन्।

तपाईहरुको हातमा निर्दोष शिशुको रगत लत्पतिएको छ भन्ने प्लेकार्ड बोकेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले मूख्य सडकमा निस्कन दिएका छैनन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।