१२७ वर्षीय एरिट्रियाली नाताबे तिन्सीउको निधन

- नाति जेरेले गिनिज बुक अफ वल्र्ड रेकर्ड्सलाई हजुरबुवाको उमेरबारे जानकारी गराइसकेको बताएका छन्। हालसम्म सन् १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएकी फ्रान्सेली महिला जीन काल्मेन्टलाई सबैभन्दा धेरै बाँचेको व्यक्ति मानिँदै आएको छ


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०७८ मा प्रकाशित



तस्बीरः गुगलबाट

अफ्रिकी मुलुक एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन भएको छ।

एरिट्रियाका नाताबे तिन्सीउको १२७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ।

उनका नाति जेरे नाताबेले हजुबुवाको नाममा सबैभन्दा धेरै वर्ष बाँच्ने व्यक्तिको विश्व कीर्तिमानमा लेखिने अपेक्षा गरेका छन्।

आफ्नो हजुरबुवा दीर्घजीवी हुनुको कारण धैर्य, उदारता र आनन्दित जीवन रहेको बताएका छन्। नाताबेको सोमबार अजिफामा मृत्यु भएको परिवारले जनाएको छ। उक्त गाउँमा ३ सय जनाको बसोबास रहेको छ।

उनका नातिले चर्चले राखेको जन्म दर्ता सहितको तथ्यांकमा उनी सन् १८९४ मा जन्मिएको र सोही वर्ष चर्चमा उनका लागि कार्यक्रम आयोजना गरिएको देखाउने बताएका छन्। यस हिसाबले उनको मृत्यु १२७ वर्षमा भएको हो।

उनको परिवारले भने उनी सन् १८८४ मा जन्मिएको बताएका थिए। र, उनलाई इसाई धर्म अनुसार १० वर्षको उमेरमा मात्रै एक पादरी गाउँमा आउँदा चर्चमा प्रवेश गराइएको थियो।

नाति जेरेले गिनिज बुक अफ वल्र्ड रेकर्ड्सलाई हजुरबुवाको उमेरबारे जानकारी गराइसकेको बताएका छन्।

अहिलेसम्म सन् १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएकी फ्रान्सेली महिला जीन काल्मेन्टलाई सबैभन्दा धेरै बाँचेको व्यक्ति मानिँदै आएको छ।

विश्वमा सबैभन्दा धेरै दीर्घजीवन विताउने मानिसहरू जापनामा छन्। जापानको ओकिनावा टापुमा रहेका पाका व्यक्तिहरूको औसत उमेर नै सय वर्ष हाराहारी छ।

उनीहरूमाथि गरिएको अध्ययनमा के पाइएको थियो भने उमेरमा मस्त काम गर्ने र आहारविहारमा संवेदनशील हुँदै आनन्दित हुनु नै जापानीहरूको दीर्घ जीवनको एउटा कारक हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।