गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले भौतिक विकासले मात्र मानिस सन्तुष्टि नहुने बताउनु भएको छ । विश्व रेविज दिवसको सन्र्दभ तथा विश्व जनावर दिवसको अवसरमा सोमबार पोखरामा आयोजित एक कार्यक्रममा वोल्दै मन्त्री बरालले भौतिक विकास संगै मानव संसाधनको विकास संगसँगै आवश्यक भएको बताउनु भएको हो ।
उहाँले भन्नु भयो“ मानस संसाधनको क्षेत्रमा श्रोतको व्यबस्थापन गर्नुपर्छ, स्वभाविक रुपमा भौतिक विकास मात्र सवै विकास होइन, भौतिक विकास मानिसहरुको लागि हो, भौतिक विकासले मात्र सन्तुष्टी हुदैन, मानस संसाधनको क्षेत्रमा विस्तारै ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । ”
छाडा पशु भन्नु नै व्यवहारिक माया र स्नेह नपाएको हुदा विछिप्त भएको भएर सडकमा आएको मन्त्री बरालको भनाई थियो । भैसी प्राय छाडा चौपाएको रुपमा नभेटिने उल्लेख गर्दै मन्त्री बरालले भैसी दुध सहित मासुको महत्व भएकोले भैसी छाडा चौपाएको रुपमा भेटिन कठिन हुने तर गाई र गोरु भने काटमार गर्न नमिल्ने भएकोले गर्दा सडक पेटिमा भेटिने गरेको बताउनु भयो ।
मानवले आफ्नो हितको लागि जनावरलाई उचित ढंगले व्यबस्थापन गर्नुपर्ने मन्त्री बरालले जनाउनु भयो । सवै प्रणाली मानिसहरुको अनुकुलको लागि भएको उहाँको भनाई थियो । मन्त्री बरालले भन्नु भयो “कुकुरका सोखिनले मायासंगै उनको आवश्यकताको बोध गराउनु पर्छ तर सचेत भएका मानिसले त्यस्तै समाजमा आफुलाई प्रतिष्ठित र विज्ञ भन्नेहरुले सडकमा कुकुरको दिशा गराउदै हिडाल्नु भने उचित हुदैन ।” घरको पहरेदार र सूचनाको संवाहकको रुपमा रहेको कुकुरको सुरक्षित ढंगले व्यबस्थापनमा सवैले ध्यान दिनुपर्ने मन्त्री बरालको भनाई थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा रेबिद्ध भाइरस उन्मुलन गर्ने अभियान अन्र्तगत जुन उपलब्धी हासिल गरेमा प्रशंसा गर्दै मन्त्री बरालले चुनौतीको सामना गर्दै अभियानमा खटिनेलाई धन्यवाद समेत दिनु भएको छ । कोभिडको समयमा पनि कुकुरको संरक्षणको लागि निरन्तर लाग्दै आएकी कुकुर संरक्षणकी अभियान्ता झर्ना नेपालीलाई समेत मन्त्री बरालले बिषेश धन्यवाद दिदै वन्यजन्तुहरुको संरक्षणको लागि मानव जातिले ध्यान दिनुपर्ने जनाउनु भयो ।
एशोसियसन र पोखरा महानगरपालिकाको संयुक्त रुपमा आयोजना भएको उक्त कार्यक्रमको अवसरमा कुकुर अभियन्ता नेपालीलाई कार्यक्रममा सम्मान गरिएको छ । उहाँलाई सम्मापन पत्रको साथमा कुकुरलाई खान पकाउनको लागि राइस कुकर समेत प्रदान गरिएको छ । मन्त्री बराल सहितको टोलीले कुकुर संरक्षणकी अभियन्ता नेपालीलाई सम्मान गर्नु भएको हो ।
गण्डकी प्रदेशकी भूमि व्यबस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयकी सचिव शवनम सिवाकोटीले प्रदेशको राजधानि पोखरामा हाल भएको रेविज बिरुद्धको खोप अभियान निकै प्रभावकारी भएको बताउनु भयो । मानव स्वास्थ्यसंग जोडिएका बिषयमा राज्य संगै निजी क्षेत्रको सहकार्य आवश्यक भएको उहाँको भनाई थियो । पोखरा महानगरपालिकाका सचेतक तथा पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले पूर्वाधार विकास निर्माणसंगै विकास भनेको मानव स्वास्थ्य रहनु पनि ठुलो उपलब्धि भएको बताउनु भयो । मानव स्वास्थ्यको बिषयमा सरकारको कम चासो हुने गरेको उहाँको भनाई थियो ।
नेपाल भेटेरिनरी एशोसिएसनका महासचिव डा. अशेष भट्टराईले एशोसियसन र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरामा रेबिज बिरुद्धको खोप करिब ६० प्रतिशत सडक भेटिमा भेटिने कुकुरहरुमा लगाइएको दाबी गर्नु भयो । उहाँका अनुसार तीन दिनको अभियानमा पोखराका ३३ वटै वडामा गरी १ हजार १ सय ९५ वटा कुकुरामा रेबिज बिरुद्धको खोप लगाइएको छ । खाद्य तथा कृषि संगठनका डा. सुरेन्द्र कार्कीले विश्वका अफ्रिकि र दक्षिण एसियाली मुलुकमा अझै पनि रेविज भाइरसको शंक्रमण रहेको दाबी गरे । सडक भेटिमा छाडा रुपमा रहेका कुकुरहरुमा रेबिज बिरुद्धको खोप अनिवार्य रुपमा लगाउनु पर्ने उहाँको भनाई थियो ।
एशोसियसनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिकाका पशु सेवा शाखा प्रमुख नवराज अधिकारी, कार्यक्रम संयोजक केदारराज पाण्डे लगायतले हरेक बर्ष साना ठुला कुकुरहरुमा रेबिज बिरुद्धको खोप लगाउनु पर्ने बताउनु भएको थियो । रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ । सेप्टेम्वर २८ विश्वभरि ’रेबिज विरुद्धको दिवस’ मनाइयो भने अक्टुवर ४ मा विश्व जनावर दीवस मनाइएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका–५ प्रस्याङस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका…








