शल्यकृया पश्चात टाउकोको टाँका खोलेपछि मेयर जिसी
महानगर पालिकाका प्रमुख मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएसँगै मेयर जिसी अस्पतालबाट डिस्चार्ज भएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
गत असार अन्तिममा मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । उनको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गरिदै आएको थियो । केहि दिनअघि मात्र उनको कार्निओप्लाष्टीको शल्यक्रिया गरिएको थियो । शल्यकृया सफल भएपश्चात टाउकाको टाँकासमेत मंगलबार खोलिएकाले उनलाई अस्पतालले डिस्चार्ज गरेको प्रेस संयोजक बरालले बताए ।
मेयर जिसीको उपचारका क्रममा उनको टाउकाको आधा भाग निकालेर फ्रिजिङ गरिएको थियो । पछि सोहि आधा भाग राख्नुका साथै टाउकोको माथिल्लो भागको हड्डी प्रत्यारोपण (कार्निओप्लाष्टी) गरिएको छ ।
मेयर जिसीको पछिल्लो शल्यकृया सफल भएपछि उनी केहि स्वस्थ छन् । तर अफैपनि केहि समय फिजियोथेरापीमार्फत उपचार जारी राखिने भएको छ ।
मेयर जिसी अस्पतालबाट डिस्चार्ज भएसँगै उनी पोखरा आउने भएका छन् । पोखरामै फिजियोथेरापी गर्नेगरी उनी पोखरा आउन लागेको मेयर जिसी निकट श्रोतले बताएको छ । उनलाई विहीबार घटस्थापनाका दिन पोखरा ल्याउने तयारी गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







