नेपाल नेत्र सहायक परिवार, हिमालय आँखा अस्पताल तदर्थ समितिको अध्यक्षमा योगी


     एभरेस्ट आवाज    
     असाेज १९ गते २०७८ मा प्रकाशित




नेपाल नेत्र सहायक परिवार, हिमालय आँखा अस्पताल तदर्थ समितिको अध्यक्षमा गोविन्दनाथ योगी चयन भएका छन् । नेपाल नेत्र सहायक परिवारका केन्द्रीय सदस्य मञ्जु आचार्यको विशेष उपस्थितिमा सोमबार भएको भेलाले हिमालय आँखा अस्पतालका नेत्र अधिकृत योगीलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शशीकमला लामिछाने, महासचिवमा सुभास नेपाल, सचिवमा बिजय पौडेल, कोषाध्यक्षमा दीपिका गुरुङ र सह-कोषाध्यक्षमा रीना गुरुङ चयन भएका छन् ।

त्यस्तै तदर्थ समितिको सदस्यहरुमा गोविन्दराज बढु, रुपसिंह बोहरा क्षेत्री, धर्मेन्द्रकुमार घोडासैनी, शान्ति चौधरी, दीपा शाही चयन भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।