माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री, बोधमाया राज्यमन्त्री बनाउने निर्णय


     एभरेस्ट आवाज    
     असाेज २० गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्रले देउवा सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले देउवा सरकारमा जाने सबै मन्त्रीहरुको नामावली टुंगो लगाएको हो । अब हुने मन्त्री परिषद बिस्तारमा माओवादीको तर्फबाट ३ मन्त्री र एक राज्यमन्त्री थपिने भएका छन् । जसमा माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्रीका लागि सिफारिश गरिएको छ ।

एक राज्यमन्त्रीमा बोधमाया यादवलाईपठाउने निर्णय भएको माओवादी केन्द्र निकट श्रोतले जनाएको छ ।

यसअघी माओवादी केन्द्रबाटअर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा, जलश्रोत र सिंंचाईमा पम्फा भुसाल मन्त्री बनिसकेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।